nep001

Nepali

Medium Exam Preparation: Unknown
Subject Code Nep . 001
Credit Hours 3 Hours
Nature Theory
Full Marks 75 + 25
Pass Marks 30 + 10
Description

Objective

Course Contents

कविता (Kavita) - [पद्य] / देश भक्ति

7 Hours

कविताको संरचना (Kavita-ko Samrachana): विषयको क्रम, भाषा, लय आदिको बोध, देशभक्ति, संस्कृति र भाषा सम्बन्धी पद्यांशको बोध, कविताको लयबद्ध वाचन, कवितालाई गद्यमा रूपान्तरण, कविता सिर्जना (अनुकरणात्मक लेखन), नेपाली वर्ण (स्वर र व्यञ्जन) को पहिचान, उच्चारण (Uchcharan): व्यञ्जन वर्णको पहिचान र प्रयोग (स्थान, प्रयत्न, घोषत्व र प्राणत्व)

कथा (Katha) / सामाजिक

8 Hours

कथाको संरचनाको बोध (विषय, अनुच्छेद योजना, घटनाक्रम, संवाद, भाषा आदि), कथाका घटनाहरूको टिपोर्ट, कथाका पात्रहरूको चरित्र चित्रण, लघुकथा लेखन (अनुकरणात्मक), मूल र व्युत्पन्न शब्दको पहिचान, शब्द स्रोत (Shabda Srot): तत्सम, तद्भव र आगन्तुक शब्द, शब्दकोशीय प्रयोग

निबन्ध (Nibandha) / साँस्कृतिक - आत्मपरक

7 Hours

निबन्धको संरचनाको बोध (अनुच्छेद योजना, विषय प्रस्तुतिको क्रम, भाषाशैली आदि), निबन्धमा प्रयुक्त कठिन शब्दको अर्थबोध, निबन्धमा वर्णित मुख्य विषयको बुँदाटिप्पोट र सार लेखन, स्थानीय समाजमा प्रचलित चाडपर्वको वर्णन गरी निबन्ध लेखन, तार्किक, अन्तर्क्रियात्मक एवं समस्या समाधानमूलक लेखन, पदवर्ग (Padwarga) - नाम, सर्वनाम, विशेषण र क्रियापदको प्रयोगात्मक पहिचान

जीवनी (Jiwani) / राष्ट्रिय

7 Hours

जीवनीको संरचनाको बोध (जीवन विषयक घटना शृङ्खला, अनुच्छेद योजना, भाषा आदि), जीवनीमा प्रस्तुत घटनाक्रमको वर्णन, आफ्नो समाजमा प्रतिष्ठित कुनै व्यक्तिको जीवनी लेखन, जीवनीबाट प्राप्त सन्देश/शिक्षाको अभिव्यक्ति, पदवर्ग (Padwarga) - नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपातको प्रयोगात्मक पहिचान, शब्द रूपायन

पत्र लेखन (Patra Lekhan) / घरायसी

8 Hours

पत्र लेखनको संरचनाको बोध (विषय, प्रस्तुति क्रम, ढाँचा, भाषाशैली आदि), पत्र लेखनमा प्रस्तुत विषयवस्तु र ढाँचाको टिपोर्ट, विषयको प्रस्तुति, निर्दिष्ट विषयमा पत्र लेखन, निम्तोना, बधाई, शुभकामना, अभिनन्दनपत्र, सम्मानपत्र, सूचना, विज्ञापन, श्रद्धाञ्जली, समवेदनाको ढाँचा र शैलीको अध्ययन तथा लेखन अभ्यास, लेख्य चिन्ह (Lekhya Chinha) र तिनको प्रयोग (पूर्णविराम, अर्धविराम, अल्पविराम, कोष्ठक, विकल्पबोधक/तिर्यक, प्रश्नवाचक, उद्धरण, विस्मयसूचक/उद्गार, निर्देशक, योजक, छुट चिन्ह/कागपदे चिन्ह)

कथा (Katha) / मनोवैज्ञानिक

8 Hours

कथाको संरचनाको बोध (विषय, अनुच्छेद योजना, घटनाक्रम, संवाद, भाषा आदि), कथाका घटनाहरूको टिपोर्ट, कथाका पात्रहरूको चरित्र चित्रण, पढेका नयाँ कथाका बारेमा प्रस्तुति, लघुकथा लेखन (अनुकरणात्मक), वर्णविन्यासको पहिचान र प्रयोग, भाषिक प्रयोगमा पदयोग र पदवियोगको पहिचान र प्रयोग

निबन्ध (Nibandha) / प्राकृतिक - वस्तुपरक

7 Hours

निबन्धको संरचनाको बोध (विषय प्रस्तुतिको क्रम, अनुच्छेद योजना, भाषाशैली आदि), निबन्धमा वर्णित मुख्य विषयको बुँदाटिप्पोट, सारांश, प्रकृति तथा वातावरणको वर्णन गरी निबन्ध लेखन, खोज तथा परियोजनामा आधारित भई समालोचनात्मक चिन्तनसहितको लेखन, उपसर्गद्वारा शब्दनिर्माण: अ, अन, कु, बि, बे, बद, गैर, न, उपसर्गद्वारा शब्दनिर्माण: अति, अधि, अनु, अप, अभि, अव, आ, उत्, उप, दुर्, दुस्, निर्, निस्, परा, परि, प्र, प्रति, वि, सम्, सु

लघुकथा (Laghunatak) / सामाजिक/मनोवैज्ञानिक

11 Hours

नाटकको संरचनाको बोध (विषय, प्रस्तुति क्रम, हाउभाउ, मञ्चीयता, चरित्र, संवाद, भाषाशैली आदि), नाटकका प्रमुख पात्रको चरित्र वर्णन, नाटकका घटना तथा परिवेशको वर्णन, नाटकको संवादात्मक अभिनय (विषयको प्रस्तुति, हाउभाउ), संवाद लेखन, प्रतिवेदन लेखन (कार्यक्रम, भ्रमण, घटना), प्रत्ययद्वारा शब्द निर्माण: अक्कड, अत, अन्त, आइ, आइन/याइन, आउ, आनी, आलु, आवट, आह/याह, इया, इलो, ई, उवा, ए, एली, ओ, ओट, औली/यौली, कन/कना, ली, ले, प्रत्ययद्वारा शब्द निर्माण: अक, अन, अनीय, इक, इत, ई, ईय, क, तर, तम, तव्य, ता, ति, त्व, मय, मान, वान्, य

रिपोर्टाजमूलक रचना (Reportajmulak Rachana) / स्वास्थ्य, योग तथा चिकित्सा

8 Hours

रिपोर्टाजको संरचनाको बोध (विषय प्रस्तुतिको क्रम, अनुच्छेद योजना, भाषाशैली आदि), रिपोर्टाजमा प्रयुक्त कठिन शब्दको अर्थबोध, रिपोर्टाजको ढाँचा र शैलीको अध्ययन, रिपोर्टाजमा वर्णित मुख्य विषयको बुँदाटिप्पोट, टिप्पणी लेखन, स्वास्थ्य, योग र चिकित्साको वर्णन गरी रिपोर्टाज लेखन, रिपोर्टाजमा प्रयुक्त कठिन शब्दबाट वाक्य रचना, प्रतिवेदन लेखनको ढाँचा र शैलीको अध्ययन र लेखन अभ्यास, प्रत्ययद्वारा शब्द निर्माण: अक, अन, अनीय, इक, इत, ई, ईण/ईण्, ईय, क, तर, तम, तव्य, ता, ति, त्व, मय, मान, वान्, य

संवादात्मक रचना (Samwadatamak Rachana) / कृषि, वन तथा वातावरण

8 Hours

संवादको संरचनाको बोध (विषय, प्रस्तुति क्रम, हाउभाउ, तर्क, संवाद, भाषाशैली आदि), संवादमा प्रस्तुत विषयवस्तुको टिपोर्ट, विषयको प्रस्तुति, हाउभाउ, निर्दिष्ट विषयमा संवाद लेखन तथा मौखिक अभिव्यक्ति र अभिनय, उद्घोषण, समाचार वाचन, प्रवचन आदिको अभ्यास, समास प्रक्रियाद्वारा शब्द निर्माण (अव्ययीभाव, कर्मधारय, तत्पुरुष, द्वन्द्व, द्विगु, बहुव्रीहि) -समास र विग्रहसमेत

दैनिकी रचना (Dainiki Rachana) / पर्यटन

8 Hours

निर्दिष्ट पाठको बोध (अनुमान, संरचना पहिचान आदि), निर्दिष्ट पाठमा प्रयुक्त प्राविधिक तथा पारिभाषिक शब्दको अर्थबोध, निर्दिष्ट पाठसँग सम्बन्धित रचना, बुँदाटिप्पोट र सारांश लेखन, दैनिकी लेखन, अनुकरणात्मक लेखन, द्वित्व प्रक्रियाद्वारा शब्द निर्माण (पूर्ण, आंशिक र अपरिवर्तित द्वित्व), सन्धि र सन्धि भएका शब्दको पहिचान

वक्तृतात्मक रचना (Vaktritatamak Rachana) / जलस्रोत र ऊर्जा

9 Hours

वक्तृताको संरचनाको बोध (विषय, प्रस्तुति क्रम, हाउभाउ, तर्क, संवाद, भाषाशैली आदि), वक्तृतामा प्रस्तुत विषयवस्तुको टिपोर्ट, हाउभाउसहित विषयको प्रस्तुति, निर्दिष्ट विषयमा वक्तृता लेखन तथा मौखिक अभिव्यक्ति र अभिनय, उद्घोषण, समाचार वाचन, प्रवचन आदिको अभ्यास, वक्तृता/वादविवाद आयोजना, विभिन्न ढाँचामा प्रतिवेदन लेखन, उद्देश्य र उद्देश्य विस्तार तथा विधेय र विधेय विस्तार, पहिचान र प्रयोग, व्याकरणिक कोटिका आधारमा वाक्य परिवर्तन (लिङ्ग, वचन, पुरुष, आदर), कथन (प्रत्यक्ष, अप्रत्यक्ष), ध्रुवीयता (करण, अकरण)

Laboratory Works