nep002

Nepali

Medium Exam Preparation: Unknown
Subject Code Nep . 002
Credit Hours 3 Hours
Nature Theory
Full Marks 75 + 25
Pass Marks 30 + 10
Description

Objective

Course Contents

कविता (Kavita) - गद्य कविता / सामाजिक

7 Hours

कविताको संरचनाको बोध (विषयको क्रम, भाषा, शैली आदिको बोध), गद्य कविताको लयबोध, कवितालाई अनुच्छेदमा रूपान्तरण, कविताको लयबद्ध वाचन, कविता सिर्जनाको अभ्यास, नेपाली अक्षरको पहिचान र उच्चारण अभ्यास

कथा (Katha) / ऐतिहासिक/ पौराणिक/ साँस्कृतिक

7 Hours

कथाको संरचनाको बोध (विषय, अनुच्छेद योजना, घटनाक्रम, संवाद, भाषा आदि), कथामा प्रयुक्त घटनाहरूको सिलसिलाबद्ध टिपोर्ट, निर्देशित वा स्वतन्त्र कथा लेखन अभ्यास, विद्युतीय तथा सञ्चार माध्यममा प्रकाशित कथाहरूको अध्ययन र प्रभावको प्रस्तुति, पदवर्ग (Padwarga) - नाम, सर्वनाम, विशेषण र अव्ययको पहिचान र प्रयोग

निबन्ध (Nibandha) / नियत्रा

7 Hours

निबन्धको संरचनाको बोध (विषय प्रस्तुतिको क्रम, अनुच्छेद योजना, भाषाशैली आदि), निबन्धमा प्रयुक्त कठिन शब्दको अर्थबोध, आफूले गरेको कुनै यात्राको वर्णन, निबन्ध लेखन, विद्युतीय सञ्चार माध्यम र प्रकाशित उपयोगी लेख रचनाहरूको अध्ययन र त्यसबाट प्राप्त विषयवस्तु, सन्देश आदिको प्रस्तुति, तार्किक, अन्तर्क्रियात्मक एवं समस्या समाधानमूलक लेखन, पदसङ्गति (Padasangati) - लिङ्ग, वचन, पुरुष, आदर (सामान्य, मध्यम, उच्च), शब्द रूपायन

पत्र लेखन (Patra Lekhan) / व्यावसायिक

8 Hours

पत्र लेखनको संरचनाको बोध (विषय, प्रस्तुति क्रम, ढाँचा, भाषाशैली आदि), पत्र लेखनमा प्रस्तुत विषयवस्तुको टिपोर्ट, विषयको प्रस्तुति, निर्दिष्ट विषयमा पत्र लेखन, भरपाई, तमसुख, करारनामा, मञ्जुरीनामा, मुचुल्का, प्रशासनिक टिप्पणी, बैठक निर्णय, विज्ञापन, सूचना, विज्ञप्ति, बोलपत्र, सम्पादकलाई चिठीको ढाँचा र शैलीको अध्ययन र लेखन अभ्यास, विद्युतीय सञ्चार माध्यममा उपलब्ध प्रयोगपरक सामग्रीको अध्ययन र लेखन अभ्यास, वाक्यको पहिचान र प्रयोग, सरल, संयुक्त र मिश्र वाक्यको पहिचान र प्रयोग, निर्धारित कथाबाट सरल, मिश्र र संयुक्त वाक्यको पहिचान र वाक्यान्तरण

उपन्यासको अंश (Upanyasko Ansha) / सामाजिक

14 Hours

उपन्यास अंशको संरचनाको बोध (विषय, परिच्छेद योजना, घटना शृङ्खला, पात्र, संवाद, भाषाशैली आदि), शब्दभण्डारको बोध, उपन्यास अंशको विषयवस्तु वर्णन, उपन्यासको अंशका प्रमुख पात्रको चरित्र वर्णन, उपन्यासको अंशका घटना तथा परिवेशको वर्णन, आफूले अध्ययन गरेको कुनै एक उपन्यासको विषयवस्तु, पात्र, परिवेश, सन्देश आदि बारेमा मौखिक तथा लिखित अभिव्यक्ति, क्रियाका काल (भूत, अभूत), पक्ष (अपूर्ण, पूर्ण, अज्ञात, अभ्यस्त), नेपाली वर्णविन्यासको प्रयोगात्मक अभ्यास

जीवनी (Jiwani) / अन्तर्राष्ट्रिय

7 Hours

जीवनीको संरचनाको बोध (जीवन विषयक घटना शृङ्खला, अनुच्छेद योजना, भाषा आदि), जीवनीमा प्रस्तुत घटनाक्रमको वर्णन, आफ्नो समाजमा प्रतिष्ठित कुनै व्यक्तिको जीवनी लेखन, खोज तथा परियोजनामा आधारित भई समालोचनात्मक चिन्तनसहितको लेखन, क्रियाका भाव (सामान्य, आज्ञा, इच्छा, सम्भावना, सङ्केत)

गीत कविता (Git Kavita) / सामाजिक / साँस्कृतिक

7 Hours

कविताको संरचनाको बोध (विषयको क्रम, भाषा, लय आदि) को बोध, पद्य र गद्य कविताको लयबोध, गजलको संरचना बोध, कविताको लयबद्ध वाचन, गीत कविता सिर्जना, विद्युतीय सञ्चारमाध्यममा उपलब्ध मुक्तक तथा कवितात्मक सामग्रीको अध्ययन र कक्षामा प्रस्तुति, गजलको रचना, उपसर्ग र प्रत्ययद्वारा शब्द निर्माण सम्बन्धी अभ्यास

कथा (Katha) / समाज मनोवैज्ञानिक

7 Hours

कथाको संरचनाको बोध (विषय, अनुच्छेद योजना, घटनाक्रम, संवाद, भाषा आदि), कथामा वर्णित घटनाको सिलसिलाबद्ध टिपोर्ट, कथाका पात्रहरूको चरित्र वर्णन, कथा सिर्जनाको अभ्यास, आफूले अध्ययन गरेको कम्तीमा कुनै एक उपन्यासको विषयवस्तु, पात्र, परिवेश, सन्देश आदि बारेमा मौखिक तथा लिखित अभिव्यक्ति, द्वित्व र समास प्रक्रियाद्वारा शब्द निर्माण सम्बन्धी अभ्यास

आख्यानात्मक रचना (Akhyanatamak Rachana) / सञ्चार, विज्ञान तथा प्रविधि

8 Hours

आख्यानको संरचनाको बोध (विषय, अनुच्छेद योजना, घटनाक्रम, संवाद, भाषा आदि), आख्यानमा वर्णित घटनाको सिलसिलाबद्ध टिपोर्ट, आख्यानका पात्रहरूको चरित्र वर्णन, कथा सिर्जनाको अभ्यास, आफूले अध्ययन गरेको कुनै एक आख्यानको विषयवस्तु, पात्र, परिवेश, सन्देश आदि बारेमा मौखिक तथा लिखित अभिव्यक्ति, कारक र विभक्तिको पहिचान र प्रयोग, कारकका सरल र तिर्यक रूप, कारकका प्रकार: कर्ता, कर्म, करण, सम्प्रदान, अपादान, अधिकरण, विभक्तिको प्रयोग

संवादात्मक रचना (Samwadatamak Rachana) / समाज, संस्कृति र शिक्षा

8 Hours

संवादको संरचनाको बोध (विषय, प्रस्तुति क्रम, हाउभाउ, तर्क, संवाद, भाषाशैली आदि), संवादमा प्रस्तुत विषयवस्तुको टिपोर्ट, हाउभाउसहित विषयको प्रस्तुति, निर्दिष्ट विषयमा संवाद लेखन तथा मौखिक अभिव्यक्ति र अभिनय, शिक्षा र साँस्कृतिक शीर्षकमा वक्तव्य, समाचार वाचन, प्रवचन आदिको अभ्यास, वाक्य संश्लेषण र विश्लेषण, वाक्य (कर्तृ, कर्म, भाव) को पहिचान र प्रयोग

प्रबन्धात्मक रचना (Prabandhatamak Rachana) / कानुन, प्रशासन र व्यवस्थापन

8 Hours

प्रबन्धको संरचनाको बोध (विषय प्रस्तुतिको क्रम, अनुच्छेद योजना, भाषाशैली आदि), प्रबन्धमा प्रयुक्त कठिन शब्दको अर्थबोध, प्रबन्धमा वर्णित मुख्य विषयको बुँदाटिप्पोट, सारांश, प्रकृति तथा वातावरणको वर्णन गरी प्रबन्ध लेखन, प्रबन्धमा प्रयुक्त कठिन शब्दबाट वाक्य रचना, बैठक (मिनट) को उपस्थिति तथा निर्णय एवं भरपाई, मुचुल्का र प्रशासनिक टिप्पणीको नमुना लेखन, व्यक्तिगत विवरण (बायोडाटा) लेखन, पदक्रम (Padkram) - सामान्य पदक्रम, विशिष्ट पदक्रम, लेख्य चिन्ह र तिनको प्रयोग

रिपोर्टाजमूलक रचना (Reportajmulak Rachana) / अर्थ, उद्योग र वाणिज्य

8 Hours

रिपोर्टाज पाठको बोध (अनुमान, संरचना पहिचान आदि), रिपोर्टाज पाठमा प्रयुक्त प्राविधिक तथा पारिभाषिक शब्दको अर्थबोध, विभिन्न पत्रिकामा प्रकाशित रिपोर्टाजको अध्ययन र प्रस्तुति, निर्दिष्ट पाठसँग सम्बन्धित रचना, बुँदाटिप्पोट र सारांश लेखन, निर्दिष्ट अनुच्छेदको उत्तर लेखन, अनुकरणात्मक लेखन, विद्युतीय सञ्चार माध्यममा आधारित विविध लेखन अभ्यास, उक्ति परिवर्तन, उद्देश्य र विधेय विस्तार, शब्दकोशीय प्रयोग

Laboratory Works